Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै

द्वारा
अनलाइन अन्नपूर्ण
-
74
Facebook
X
Pinterest
WhatsApp

    नेपालगञ्ज, ४ भदौ। लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

    बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।
    भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताउनुभयो । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ ।
    नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ ।
    साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उहाँले बताउनुभयो । स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो । –––
    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमानौवटा संसदीय समितिको बैठक बस्दै
      अर्को लेखमाभोजपुरकाे आलु सहरका भान्सामा पुग्दै
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      November 25, 2026

      Cómo Funcionan los Casinos Online en Argentina en 2024

      November 25, 2026

      Die Welt der Online Casinos: Ein Realitätscheck

      November 25, 2026

      Seriöse Premium Casinos: Echtzeit-Optimierung und Sicherheit

      November 25, 2026

      Casinoformat och spelupplägg: en guide för spelare

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      wp-admin - November 25, 2026 0