Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

द्वारा
अनलाइन अन्नपूर्ण
-
65
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौँ, ३ भदौ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उहाँले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो ।

    डा अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत हुनुहुन्छ । उहाँको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो । यस पुरस्कारलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ ।

    विश्वका विभिन्न अनुसन्धान संस्था, विश्वविद्यालय तथा उद्योगबाट विकास भएका हजारौँ प्रविधिमध्ये प्रभावशाली १०० प्रविधिलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गरिन्छ । विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको छ ।

    यस अनुसन्धानले परम्परागत उत्पादन प्रक्रियालाई सरल बनाउन सक्ने भएकाले यस प्रविधिले ब्याट्री निर्माणमा समय र ऊर्जा बचत गर्नुका साथै उत्पादन लागत घटाउनेछ । बेलायतको सुरी विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरी अमेरिकाको वेक फरेष्ट विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँले एक दशकभन्दा लामो अनुसन्धान अनुभवमा ऊर्जा, ब्याट्री, इलेक्ट्रोक्याटालाइसिस, उन्नत सामग्री तथा नयाँ उत्पादन प्रविधिका विभिन्न क्षेत्रमा अनुसन्धान गर्नुभएको छ ।

    सन् २०२६ का ‘अनुसन्धान तथा विकास–१०० एवार्ड’ विजेताहरूलाई औपचारिक रूपमा आगामी नोभेम्बरमा अमेरिकाको एरिजोनामा आयोजना हुने विशेष समारोहमा सम्मान प्रदान गरिनेछ । विश्वभरका वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रविधि विकासकर्ता तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त समारोहमा यस वर्षका उत्कृष्ट १०० प्रविधिको सफलता मनाइने बताइएको छ ।

    नेपालमा अध्ययन गरेर अन्तरराष्ट्रिय अनुसन्धान क्षेत्रमा प्रवेश गर्न सकिन्छ भन्ने उदाहरण आफ्नो यात्राले दिएको बताउँदै उहाँ भन्नुहुन्छ, “नेपालका विद्यार्थीमा प्रतिभाको कमी छैन । अवसर, मिहिनेत र निरन्तर सिकाइ आवश्यक हुन्छ । आफूले रोजेको क्षेत्रमा इमानदारीपूर्वक काम गर्दै जाने हो भने नेपालबाट पनि विश्वस्तरीय अनुसन्धान गर्न सकिन्छ ।”

    विज्ञान तथा प्रविधिलाई नेपालमा पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै विशेषगरी युवापुस्तालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा आकर्षित गर्नुपर्ने उहाँको धारणा छ । 

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमादुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
      अर्को लेखमाराहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      November 25, 2026

      Cómo Funcionan los Casinos Online en Argentina en 2024

      November 25, 2026

      Die Welt der Online Casinos: Ein Realitätscheck

      November 25, 2026

      Seriöse Premium Casinos: Echtzeit-Optimierung und Sicherheit

      November 25, 2026

      Casinoformat och spelupplägg: en guide för spelare

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      wp-admin - November 25, 2026 0