- एक्स्पोमा सार्वजनिक हुने मोडल: ७.२ मिटर लम्बाइ भएका २६ देखि ३० सिट क्षमताका बसहरू प्रदर्शनीमा राखिनेछ।
- भविष्यको योजना: निकट भविष्यमै ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याइनेछ।
- मूल्य र अफर: बसको आधिकारिक मूल्य एक्स्पोमै सार्वजनिक गरिने भए पनि बजारमा उपलब्ध अन्य ब्रान्डका बसहरूभन्दा निकै कम मूल्य हुने कम्पनीले जनाएको छ। साथै, एक्स्पोमै बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना समेत राखिएको छ।
- बिक्रीपछिको सेवा: नेपालभर रहेका हिमालयन अर्गनाइजेसनका शाखा तथा डिलरहरूमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र स्पेयर पार्ट्स उपलब्ध गराइनेछ।