
पोखरा, १७ बैशाख । रेडियो अन्नपूर्ण ९३.४ का वरिष्ठ कार्यक्रम सञ्चालक तथा कार्यक्रम उत्पादक कविता श्रेष्ठ गण्डकी प्रदेशस्तरीय युवा सम्मानबाट आज सम्मानित हुनुभएको छ |
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशद्वारा आयोजित ‘युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत ‘सञ्चार’ विधामा उत्कृष्ट योगदान पुर्याउनु भएकोमा उहाँलाई आज सम्मान गरिएको हो |
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले सम्मान पत्र र प्रदेश सचिव डा. शेषनारायण पौडेलले दोसल्ला लगाएर उहाँलाई सम्मान गर्नुभएको हो |
विगत २५ बर्ष देखि संचार क्षेत्रमा कार्यरत श्रेष्ठ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धान गर्दै सञ्चार विज्ञको रूपमा काम गरिसक्नुभएको छ । उहाँले काठमाडौ बिश्वबिद्यालयवाट “सञ्चार” बिषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ |
श्रेष्ठ संगै विभिन्न बिधामा अतुलनीय योगदान पुर्याउनुहुने १४ जना ४० वर्ष मुनिका युवालाई आज मन्त्रालयले सम्मान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























