पोखरा, २३ चैत । पोखरामा अन्तराष्ट्रिय खेलकुद दिवस मनाइएको छ । सोमवार छ अप्रिल अन्तराष्ट्रिय खेलकुद दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

नेशनल ओलम्पिक एकेडेमी नेपालको आयोजना तथा नेपाल भुर्तपूर्व खेलाडि मञ्चको सह–आयोजनामा भएको कार्यक्रममा ओलम्पिक अभियान र माइन्डफुलनेस इन स्पोट्र्स बिषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटिका प्रेसिडेन्ट जीवनराम श्रेष्ठले ओलम्पिक कमिटिले खेलकुदको क्षेत्रमा गरेका गतिविधिमा चर्चा गरेका थिए । उनले खेल क्षेत्रमा परिणाम ल्याउने गरि सफलता हासिल गर्न नसकेको गुनासो गरे । खेलकुदले पर्यटन क्षेत्रलाई पनि चलयमान बनाउन सहयोग पुग्ने उनको भनाई थियो । उनले पोखराले खेलकुदको क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उल्लेख गरे ।

नेशनल ओलम्पिक ऐकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले प्राचिन ओलम्पिक देखि आधुनिक ओलम्पिकको इतिहासको वारेमा बताएका थिए । उनले बर्तमान परिवेशमा युवा तथा समाजमा देखा पर्दै गएका मानसिक स्वास्थ जुन चुनौतिपूर्ण अवस्था रहेको बताए । उनले केहि समय सहभागिहरुलाई मेडिटेसन अभ्यास गराउनुका साथै सचेतना सम्बन्धी विषयबस्तुमा प्रस्तुतिकरण राखेका थिए ।

नेपाल भुर्तपूर्व खेलाडि मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले भुर्तपूर्व खेलाडि मञ्चले नेशनल ओलम्पिक एकेडेमी सगँ सहकार्य गरेर कार्यक्रम गदै आइरहेको बताए । छ अप्रिलको सन्र्दभ पारेर मञ्चले ५ किमि दौड सम्पन्न भएको उल्लेख गरे ।

गण्डकी विश्वविद्यालयका चान्सलर प्राध्यापक डा.इन्द्रप्रसाद तिवारीले बिश्वविद्यालयमा रहेको खेल बिभागले गरेका गतिबिधिको बारेमा जानकारी गराएका थिए । उनले विश्वविद्यालयले खेल क्षेत्रका निकायहरु सगँ सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

नेशनल ओलम्पिक एकेडेमि नेपालका कार्यकारि सदश्य हरिप्रसाद पराजुलीले दिवसले खेलकुदका माध्यमबाट शान्ति, सहिष्णुता, समावेशिता र समाजिक विकासको प्रवद्धन गर्न सहयोगल पुग्ने बताए ।

कार्यक्रममा नेपाल भुर्तपूर्व खेलाडि मञ्चकम संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, माहसचिव शोभा गौतम,पश्चिम पृतना हेडक्वाटर बिजयपुर ब्यारेकका महाशेनानी रघुनाथ पौडेल, खेल क्षेत्रमा लाग्ने खेलकर्मीहरु, खेलाडि, प्रशिक्षक लगाएत समाजका शिक्षा क्षेत्रका अगुवाहरु र समुदायका अग्रज ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0