
नारायण शर्मा/नवलपरासी, २ चैत । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडिले सुस्तामा हुँदै गरेको तटबन्धन कार्यको स्थलगत निरिक्षण गरेकी छन्।
नारायणी नदीको किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथामिकतामा छ सचिव दवाडिले भनिन् यहाँ भैरहेको कामको अबस्था थाहा पाउन स्थलगत अनुगमनमा आएको हुँ।
पूर्वी नवलपरासीको गजेन्द्र मोक्षधाम र सुस्ता क्षेत्रमा नारायणीको कटानवाट वस्ती जोगाउन सरकारले करिब १७ करोड लगानीमा तटबन्धनको काम अघि बढाएको छ । त्यहाँ भैरहेको तटबन्धन कार्यको प्रगति र अबस्थाको बारेमा सचिव दवाडिले स्थलगत अनुगमन र निरिक्षण गरेकी हुन्।
त्यहाँ भैरहेको तटबन्धन कार्यको जिम्मेवारी लिएको सिंचाइ तथा जलश्रोत ब्यबस्थापन आयोजना भरतपुर चितवनका प्रमुख डा नारायण सुबेदीले वर्षाद अगावै त्यहाँको काम सम्पन्न गर्न फिल्डमै अस्थायी कार्यालय स्थापना गरेर २४ घण्टा कर्मचारीको निगरानीमा काम हुने ब्यबस्था मिलाइएको जानकारी दिए ।
फागुन अन्तिम साता ठेकेदार कम्पनीसंग सम्झौता गरेर त्यहि दिन सुस्तामा जेसिबि र स्क्याभेटर पुरयाएर काम शुरु गरेको सुबेदीले जानकारी दिए । ति दुबै स्थानको तटबन्धनको कार्य यहि जेठ अगावै सक्ने गरि आफु प्रयासरत रहेको जानकारी दिए ।
हाम्रो कार्यालयका प्रमुख डा सुबेदीले यो तटबन्धनको काम रातदिन खटेर सम्पन्न गर्नुहुने छ भन्ने भरोसा छ जलश्रोत सचिव दवाडिले भनिन् उहाँ हाम्रो मन्त्रालयको उत्कृष्ट कर्मचारी मध्येको एक हो उहाँ आफै खटेर काम गर्ने बानी भएका कारण समयमा सम्पन्न हुने अपेक्षा छ ।
सचिव दवाडिले सुस्ता जोगाउन सरकार प्रतिबद्ध रहेका कारण त्यहाँ तटबन्धनको काम अघि बढाइएको जानकारी दिइन्।
























