काठमाडौं, २८ फागुन । साताको शेयर कारोबार हुने पाँचौंदिन नेप्से उकालोको यात्रामा गएको छ । नेप्सेमा २३.८ अंकको बृद्धि भएको छ । नेप्से २८२०.४४ विन्दुमा पुगेको छ भने ०.८५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ४८६.३८ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ३३५ कम्पनीहरुको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयरको कारोर हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६७ करोड ७९ लाख ४३ हजार ५८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोश्रोमा रहेको हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटर शेयरको ५६ करोड ८३ लाख बढीको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन बैंकिङतर्फ २.०२ प्रतिशत, डेभलपमेन्ट बैंकतर्फ १.२८ प्रतिशत, फाइनान्सतर्फ १.३० प्रतिशत तथा हाईड्रोपावर उपसमूहतर्फ १.१० प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0