
नारायण शर्मा/नवलपरासी ११ माघ । भारतीय बाबु र नेपाली आमावाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको छ ।
यहाको देबचुली नागरपालिका वडा नम्बर १३ निवासी मिसन गौतमलाई जन्मदिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो सम्सोधनका आधारमा जिल्लावाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो ।
मिसनका बाबु मिथुन भमिक हुन उनि भारत पश्चिम बंगाल प्रदेशका नागरिक हुन । मिसनलाई दिइएको नेपाली नागरिकतामा उनका बाबुको ठेगाना भारत पश्चिम बंगाल रहेको उल्लेख छ ।
उनकी आमा संगिता नेपाली गौतम हुन । यी मिसन गौतमलाई अंगिकृत नागरिकता प्रदान गरिएको हो ।
बाबु बिदेशि रहेको प्रमाणका आधारमा पनि नागरिकता दिन सकिने भन्ने पछिल्लो नागरिकता नियमावलीमा रहेको ब्यबस्था अनुसार उनलाई नागरिकता दिइएको अर्यालले जानकारी दिए । आमा नेपाली रहेको र बाबुको अत्तोपत्तो नभएको ब्यक्तिले समेत संसोधित नया नियमावली अनुसार नागरिकता पाउने ब्यबस्था भएको अर्यालले जानकारी दिए ।

























