नारायण शर्मा/नवलपरासी, ११ माघ । सवारी चलाएर दुर्घटनामा पर्नु भयो ? र फरार हुनुभयो भने होस राख्नु होला कानूनले तपाईलाई थप सजाय दिन्छ । दुर्घटनमा पर्नासाथ नजिकको प्रहरीमा चाडो जानकारी गराउनु भयो भने सजाय कम हुने एनेमा ब्यबस्था छ ।

यहाँको एक घटनाले दुर्घटना हुनासाथ नजिकको प्रहरीमा पुग्न पर्ने तर्फ सबै चालकलाई सचेत गराएको छ । तिनसाता अघि महेन्द्रराजमार्गको गैंडाकोटमा एक ८५ वर्षिय बृद्धालाई कारले ठक्कर दिएर फरार रहेका भारतीय नागरिकलाई (चालकलाई) आइतवार जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ ।

गत पुस १५ गते चितवनवाट भारतीय नम्बरको कार चलाएर भैरहवा तर्फ जादै गरेका भारतीय नागरिक दिपक कुमार मिश्रले चलाएको कारले गैंडाकोटको लांघाली चोकमा स्थानिय ८५ वर्षिय हुमासिंह मगरलाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । ठक्कर दिएर भागेका चालकले राजमार्गमा रहेका कैयन चेकपोष्ट छल्दै फरार भएका थिए ।

ठक्कर दिएर भागेको गाडि खोज्न माग गर्दै स्थानियले त्यो दिन महेन्द्रराजमार्ग ४ घण्टा अबरोध गरेका थिए । ठक्कर दिएको स्थानवाट २७ किलोमिटर पश्चिम दक्षिणमा रहेको कावासोतीको अमलटारी होमस्टेको होटलमा लुकेर बसेका मिश्रलाई प्रहरीले ब्यापक खोजतलाश गरेर पक्राउ गरेको थियो ।

ठक्कर दिएपछि नजिकको प्रहरी चौकिमा खबर गरेर प्रहरीमा जान पर्नेमा उल्टै कैयन चेकिंग छलेर भागेको थियो । ब्यापक प्रहरी परिचालन गरेर उस्लाई पक्राउ गरेर सवारी ज्यान कसुरमा मुद्धा चलाइएको थियो पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक युवराज खडकाले भने जिल्ला अदालतले आज पूपक्षकालागि थुनामा पठाउने आदेश गरेकोले राहात भएको छ । सवारी दुर्घटनामा पर्नासाथ होसमा भएको ब्यक्तिले नजिकको प्रहरीमा खबर गर्नु र प्रहरीमा आत्मसर्मपण गनुपर्ने सवारी ऐनमा ब्यबस्था छ ।

त्यसदिन (गत पुस १५ गते) दुर्घटना दिउँसो १ बजे भएको थियो । दुर्घटनापछि फरार मिश्रलाई प्रहरीले कावासोती स्थित अमलटारी होमस्टेको एक होटलमा लुकेर बसेको अबस्थामा साँझ पौने ७ बजे पक्राउ गरेर अदालतमा मुद्धा चलाएको थियो ।

उस्ले दुर्घटना गराएको जानकारी दिएर प्रहरी कार्यालयमा गएको भए धरौटीमा थुनामुक्त हुने कानूनी ब्यबस्था पनि छ । फरार भएका कारण उस्को नियत खराब देखिएको र पिडितलाई झन ठूलो आहात भएकाे आधारमा थुनामा पठाइएको अधिबक्ता अर्जुन अधिकारीले जानकारी दिए ।

त्यतिखेरका चालक मिश्रले मृतकको परिवारलाइ क्षतिपुर्ति दिन पर्ने र प्रहरीमा जानकारी नदिएर फरार भएवापत थप सजाय हुन सक्ने कानूनी ब्यबस्था रहेको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0