पाेखरा ९ माघ । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ कास्कीले १३औँ राष्ट्रिय पुस्तक दिवस (श्रीपञ्चमी) को अवसरमा दुई छुट्टाछुट्टै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ । सङ्घले विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुका साथै अस्पतालमा मिनी लाइब्रेरी स्थापना गरेको हो । पठन संस्कृतिको दायरालाई समाजका अन्य क्षेत्रमा पनि विस्तार गर्ने उद्देश्यले सङ्घले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारका लागि आउने बिरामीका कुरुवा तथा सेवाग्राहीहरूका लागि ‘नि:शुल्क मिनी लाइब्रेरी’ हस्तान्तरण गरेको छ । उक्त लाइब्रेरी हस्तान्तरण कार्यक्रममा सघलाई धन्यवाद दिदै अस्पतालका निर्देशक प्रा. डा. प्रेमराज पगेनीले साहित्य र विभिन्न विधाका पुस्तकले अस्पतालका सेवाग्राहीका आफन्तहरूलाई नयाँ कुरा बुझ्न र मानसिक तनाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सङ्घले यो अवधाराणामा यो अस्पताललाई सम्झिदिनुभएकोमा आभार ब्यक्त गर्नुभयाे।
यसैगरी, सङ्घले पोखरा–१५, फलेपाटनस्थित श्री सिद्ध माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद तथा पाठ्यसामग्री समेत प्रदान गरेको छ। सङ्घका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष गौतमले सङ्घको वार्षिक क्यालेण्डर कार्य योजना अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय पुस्तक दिवसका अवसरमा यी कार्यक्रम अस्पताल र विध्यालयमा ल्याईएको बताउनु भयो । सङ्घका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशका सचिव सुरेन्द्र बास्तोलाले पठन संस्कृतिको विकासमा व्यवसायीहरू सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभयो । सङ्घका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव राम प्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य, महासङ्घका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शिक्षा र पुस्तकको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0