
पोखरा, ३० पुस । समाजसेवी कर्णशंकर पालिखेको बुधबार निधन भएको छ । उहाँको निधनले पालिखे परिवार सोेकमा परेको छ ।
पोखराको शैक्षिक तथा सामाजिक सेवाका काममा निरन्तर योगदान दिदै आउनु भएका पालिखेको आज बिहान ९६ वर्षको उमेरमा निधन भएको हो ।
पालिखे चोकका चारजना पालिखे दाजुभाईहरु पोखरालाई शिक्षा र व्यावसायिक रुपमा अगाडी बढाउनु पर्छ भनेर कुनै न कुनै रुपमा योगदानका हिस्सेदार बनेका थिए ।
पोखरामा कलेजको स्थापना वा विद्यालय खुलाउन तथा उद्योग वाणिज्यको क्षेत्रमा पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको छ । उहाँले नरेसशंकर र दिनेसशंकर पुस्तक पसल पनि सञ्चालन गर्नु भएकाे थियो ।
कर्णशंकर कान्छो छोरा हुनुहुन्थ्यो । उहाँका जेठो स्व.दाजु दयाशंकर, माईलो दाजु ओमशंकर र साईलो दाजु प्रदिपशंकर हुनुहुन्थ्यो ।
स्व.कर्णशंकरकी श्रीमती स्व.गणेश कुमारी पालिखे हुनुुहुन्थ्यो । उहाँका दुई छोराहरु नरेसशंकर पालिखे र दिनेसशंकर पालिखे हुनुहुन्छ । छोरीहरु विमला र सविता पालिखे हुनुहुन्छ । उहाँको पार्थिक शरिरलाई आजै पोखरा रामघाटमा अन्त्येष्ठि गरिने पारिवारजनले बताएका छन् ।

























