
स्याङ्जा, २० पुसा । मुक्तिनाथ विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । बैंककोे २० औं वार्षिकोत्सवमा पुतलीबजार शाखाले केक काटेर र शुभकामना आदानप्रदान गरेर मनाएको हो ।
पुतलीबजार शाखामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बैंकका संस्थापक बद्रिप्रसाद श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले बैंक स्थापना भएको २० वर्षको छोटो अवधिमा आधुनिक सेवामार्फत सेवाग्राहीलाई समयानुकूल सेवा प्रदान गरेको बताए ।
बैंकका पुतलीबजार शाखा प्रमुख युवराज ढकाल, नेपाल पत्रकार महासंघको पूर्वअध्यक्ष प्रकाश डोटेल, व्यवसायी कुलानन्द लम्सालले बैंकको थप प्रगतिको कामना गर्दै बैंकले पछिल्लो सयम कृषि क्षेत्रको विकासमा थालेको प्रयासलाई सार्थक बनाउन सबैको सहयोग अपरिहार्य भएको बताए ।
२० औं वार्षिकोत्सवका अवसरमा बैंकको फेदीखोला, जुग्ले, कार्कीनेटा, बिरुवा, अर्जुनचौपारी, बयरधारी, वालिङ, गल्याङ्, मिर्मि, चापाकोट शाखाले पनि केट काट्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । २० औं वार्षिकोत्सव शनिबार परेपनि शाखाहरुमा सेवाग्राहीको उत्साहपूर्वक सहभागिता रहेको शाखा प्रमुखहरुले जनाएका छन् ।
२०६३ साल पौष १९ गते स्याङ्जामा प्रधान कार्यालय स्थापना गरी सेवा आरम्भ गरेको बैंकको हाल काठमाडौंस्थित लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको छ । बैंकले झण्डै १९० शाखामार्फत देशभरका ७७ जिल्लामा आफ्नो सेवा विस्तार र प्रवाह गर्दै आएको छ । चुक्ता पुँजी ८ अर्ब पु¥याएसँगै बैंक वाणिज्यस्तरको बैंक बन्ने प्रक्रियामा रहेको छ ।

























