
पाेखरा, २० मङ्सिर । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले बीएचएम, बीबीए तथा बीबीए फाइनान्सका बिद्यार्थीहरुसहित अभिभावकहरुका लागि उत्प्रेरणाको कार्यक्रम आयोजना गरेको छ ।समारोहलाई विद्यार्थीलाई फूलमाला लगाएर तथा अभिभावकलाई खादा लगाई सम्मान व्यक्त गरेको छ ।
कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, सहायक प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, बीबीए, बीबीए फाइनान्सका कोअर्डिनेटर हरिहर पौडेल, व्यवस्थापक समिति सदस्य जयराम हमाल, माईकल कर्माचार्य, हरिप्रसाद पराजुली, डा.अनिल सुवेदी लगायतले विद्यार्थीलाई फूलमाला र अभिभावकलाई खादा लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा सहभागिलाई कलेजका अध्यक्ष अशोक पालिखेले स्वागत गर्दै पोखरालाई शिक्षाको हब बनाउन र पर्यटनको विकासमा टेवा पुर्याउन, दक्ष जनशक्तिको उत्पादन गर्न, देशमै बद्यमी बनाउन, स्वरोजगार बन्न र रोजगारदाताको रुपमा स्थापित बनाउने उदेश्यले १९९९ मा ११२ जना मिलेर कलेज स्थापना गरेको बताए । कलेज पाेखरा १४ छिनेडाँडामा रहेकाे छ ।
उनले भने, यो कलेज हामीले नाफा कमाउन नभई सिप सिकेर स्वदेमै कर्मवीर जनशक्ति उत्पादन गर्ने सामुदायीकस्तरिय कलेज हो जो अहिले सुविधा सम्पन्न र २९ रोपनीमा फैलिएको छ । उनले कलेजले अध्ययनका साथसाथै विभिन्न सिर्जनात्मक, शैक्षिक परामर्श, तालिम, कलेज बाहिरका प्रतियोगिताहरु र नतिजामा उत्कृष्टता हासिल गर्दै आएकोमा खुसि व्यक्त गरे ।
पालिखेले भने, हालसम्म कलेजबाट १८ सय बढी विद्यार्थी पास भएर स्वदेश तथा विदेशका फाईब स्टार, सेभेन स्टार होटलहरुमा काम गरिरहेको कुरा सुनाउन पाउँदा गर्व लाग्ने गरेको छ । पोखराका चारैवटा नाकाबाट निःशुल्क बसको व्यवस्था गरेकोले अभिभावकलाई मोटरसाईकलको व्ययभार थप नगराउन विद्यार्थीलाई अनुरोध गरे । पहिलो काम भनेको अनुशासित भएर, लगनशिल भएर शिक्षा ग्रहण र लक्ष्यमा पुग्ने उदेश्य लिएर बाबा आमाको असल छोराछोरीहरु भएर सपना प्रमाणित गर्न अनुरोध गरे ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले हामीले आफ्नो तर्फबाट शिक्षा, प्रयोगात्मक अध्ययन, कुनैपनि प्रकारको व्यवस्थापन, सिर्जनात्मक कार्यहरु, तालिम वा प्रतियोगिताहरुमा कम्प्रोमाइज नगरेको बताए ।
रेग्मीले भने, यी हाम्रै भाईबहिनीहरु, छोराछोरीहरु हुन् । उनीहरुलाई सोहि अनुसारको व्यवहार, पारिवारीक वातावरण र सिपयुक्त शिक्षा र आफ्नै खुट्टामा उभिनका लागि दक्ष बनाउन कुनै कसर बाँकी राख्दैनौं । अर्को कुरा छोराछोरीहरु कलेजमा गएका छन् । पढिरहेका छन् भनेर नबस्न अभिभावकहरुलाई आग्रह गरे । हामीसंगको समयबाहेकको समयमा उनीहरुले के गरिरहेका छन् भनेर सरकात्मक निगरानीको खाँचो पनि उनले औंल्याए ।
कलेजमा बेला बेलामा आउनुस्, कुराहरु बुझ्नुस् यसले हामीलाई सधैं सामिप्यतामा रहन सहयोग पुर्याउछ ।
कलेजमा भर्ना वा तालिम नै किन नहोस् खुलेको तीन चार घन्टामै सिट प्याक भयो भन्नुपर्ने अवस्था हुनु भनेको नेपालमा मात्रै होईन हामी अन्तराष्ट्रमा पनि ब्राण्डिङ भईसकेका छौं । यसको ज्वलन्त उदाहर यसपाली एकजना चाईनीज विद्यार्थी लिउ भर्ना भएकी छन् ।
हामीले भर्नाको बेलामा विद्यार्थीको मात्रै होईन अभिभावकको पनि अन्तरवार्ता लिन्छौं । सबै कुरा बुझाएर अगाडी बढ्ने संस्कार कलेजमा छ प्रिन्सिपल रेग्मीले भने । उनले जमाना र जेनेरेसन प्रविधिमा खेल्ने भईसकेकोले मैले आफैबाट त्यो सुरुआत गरेको छु । एडभान्स डिजिटल कोर्ष पनि गरेँ । यसको अर्थ अब प्रविधि, एआई अनि डिजिटल प्लेटफर्मको उपयोग गर्दै आर्थिक श्रोतलाई पनि बलियो बनाउन सकिन्छ ।
काठमाडौंबाट आएका प्रसिद्ध मोटिभेटर जोस बहादुर निरौलाले दिमागलाई चलायमान बनाईरहन सुझाए । जति दिमागलाई सक्रिय बनायो त्यति धेरै हामीले नयाँ नयाँ सोंच, सिर्जना र आविस्कार गर्न सक्छौं । विद्यार्थी भाईबिहिनीहरुलाई अबको २० वर्षपछि के हुन्छ भन्ने थाहाँ हुन्न तर २० वर्षसम्म तपाँईले मेहनत गर्नुभयो भने जे बन्ने लक्ष्य लिनु भएको हो त्यो अवश्य पूरा हुन्छ ।
सबै कुरा संभव छ । एलन मस्कको सम्पती नेपालको ६ वर्षको बजेटको आकारको छ । राईट दाजुभाईले आकाशमा उड्ने प्लेनको आविस्कार गरे । यस्ता धेरै उदाहरणहरु छन् जस्बाट हामी उत्प्रेरित भएका छौं । राम्रो सोंच बनाउनुस् । एउटा मात्रै एलन मस्क जस्तो, बाराक ओवामा जस्तो, विनोद चौधरी जस्तो, पारस खड्का जस्तो बनिदिए नेपाल समृद्ध पक्कै हुन्छ र यो संभव पनि छ ।
विदेश ताक्ने, जाने र डिप्रेसनको सिकार हुने होईन । यो कुरा विद्यार्थी र अभिभावक सबैले बुझ्न जरुरी छ । नेपालको एजुकेशनले, एनटिएचएमसिको पढाईले तपाँईलाई लखपति, करोडपति बनाउन सहयोग पुग्नेछ यसका लागि लक्ष्यसहितको सपना देखेर अध्ययनशिल बन्नुस् निरौलाले भने ।
समयको सहि व्यवस्थापन गर्ने, डिजिटल्लि स्मार्ट बन्ने, मिडिया फ्रेन्डलि बन्ने, विजनेसको सोंच बनाउने, परिवारका सबै सदस्यले विजनेस मोटभिले काम गर्न आवस्यक भएको बताए ।
विद्यार्थी भाईबहिनीहरुले म योग्य छु भन्ने सोंच राख्ने, म गर्न सक्छु र लक्ष्यमा पुग्न सक्छु भन्ने मान्यतालाई आत्मसाथ गर्नुपर्ने बताए । उनले अभिभावकलाई छोराछोरीलाई माया, हेरचाह, समजदारी, विश्वास, आड भरोसा, हौसला र प्रशंसा गर्न सुझाए । र उनले विद्यार्थीहरलाई अध्ययन वा प्रयोगात्मक कुराहरुमा गुणस्तरलाई विशेष ध्यान दिन अनुरोध गरे ।
कार्यक्रममा बीएचएम दोश्रो सेमस्टरका डिन लिस्टमा परेका ३.९५ अंक ल्याउने सजना श्रेष्ठ र ३.८० अंक ल्याएका अर्जुन रानालाई अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी लगायतले सम्मान गरे ।
समारोहमा अभिभावकको तर्फबाट शंकर तिवारी, मनोज थापा, घनश्याम ढुंगाना, बीएचएम पहिलो सेमेस्टरकी नेहा गुरुङ, चाईनिज विद्यार्थी लिउ लगायतले आफ्नो अनुभव सुनाएका थिए ।
एक्जाम कोअर्डिनेटर शुरेस कुमार अधिकारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष अशाेक पालिखेले गरेका थिए । कार्यक्रमको समापन प्रिन्सिपल प्रकाश रेग्मीले गरेका थिए । सो अवसरमा उनले कलेजमा नयाँ कोर्ष इएमबीए पनि संचालन भईसकेकोले कुनैपनि विषयमा व्याचलर गरेका र दुई वर्ष पूरा भईसकेकोले जो कसैले अध्ययन गर्न पाउने बताए । कक्षा बेलुका ६ बजेदेखि ८ वजेसम्म पोखरा गैह्रपाटनमा संचालन भईरहेको जानकारी दिए ।
























