पोखरा, २९ कात्तिक । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेको लोक साहित्य परिषद ललितपुरले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ ।

परिषदको टोली पोखरा आएर शनिबार नेवाल खलः कास्कीमा आयोजना गरिएको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र दोसल्लाले सम्मान गरेका हुन् ।

सोहि कार्यक्रममा संस्कृतिविद् डा.चुन्द्रा बज्राचार्यलाई भाषा, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको गर्दै पालिखेले सम्मान गरे ।

कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले उपत्यकाबाट पोखरामा आएर यहींको व्यक्तित्वलाई सम्मान गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे । अमात्य र डा.बज्राचार्य सबैका प्रेरणाका श्रोत हुनुहुन्छ, उनले भने, ७९ वर्षको उमेरमा पनि अमात्य काममा निन्तिर खटिनु भएको छ । बज्राचार्य जीले विज्ञता हाँसिल गर्नुभएको छ ।

पोखरा सांस्कृतिक, कला, साहित्य, पर्यटन लगायतका धेरै विषयले परिचित ठाउँ हो । यहाँ हामीले नेवा छें मै संग्रहालय बनाएका छौं । पालिखेले भने, संग्रहायमा पुराना पुराना बस्तुतहरु राखिएको र संकलनका लागि पनि लागिरहेको बताए ।

हामी अहिले भाषा, संस्कार, संस्कृतिको जागरणमा लागि रहेका छौं । पालिखेले भने, कुमारी नृत्य, चरिया नृत्य, धिमे बाजा, मुरली, नेवारी भाषाका प्रशिक्षणहरु चलाई रहेको बताए । सो अवसरमा उनले नेवारी कला, संस्कृतिको पक्ष विभाजन नभई सबै नेवारी समुदाय एकता सुत्रमा बाँधिनु पर्नेमा जोड दिए ।

साहित्यकार, संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सत्यमोहन जोशीसंगका तीन चारवटा बसाईका, पोखरामा गरिएको सम्मान र उहाँले स्थापना गरेको लोक साहित्य परिषदले पोखरासम्म जोडेको साहित्यिक, सांस्कृतिक सम्मानको नाता सह्रायिन भएको बताए ।
भषा, साहित्य, कलाको सेवा भनेको कठिन काम हो । यो व्यवसाय, राजनीति गरेर कमाउने जस्तो होईन । उनले भने, संस्कृतिका कारण नै राष्ट्रको गौरब बढेको हुन्छ । तर यसका लागि सरकार उदासिन रहेको बताए ।

सम्मानित उदय बहादुर अमात्यले निरन्तर भाषा, कला, साहित्यलाई पत्रकारितासंग जोडेको २६ वर्ष बितेको बताए । उनले विशेष गरी पोखराबाट प्रकाशित हुने गण्डकीको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखराया भिन्तुनामा नेवारी भाषा, कला, साहित्य, संस्कृतिका गतिविधिलाई समेट्दै आएको बताए ।

अर्की सम्मानित व्यक्तित्व चुन्द्र बज्राचार्यले पोखरामा आएर लोक साहित्य सम्मान पाउँदा हर्षविभोर भएको बताईन् ।
सो अवसरमा भएको साहित्यिक रचना वाचनमा विमलप्रभा बज्राचार्य, जमुना कायस्थ, नरेश अमात्य, मेरिना वैद्य, शरद कसाः, दिव्या बज्राचार्य, अञ्जना ताम्राकार लगायतले कविता, गजल सुनाएका थिए ।

परिषदकी चन्द्रा व्यञ्जनकारले पर्यटकीय नगरी पोखरामा कार्यक्रम गर्न पाउँदा र नेवा खलः कास्कीको आतिथ्यताका लागि आभार व्यक्त गरिन् । शान्तराज शाक्यले सम्मानित व्यक्तित्व अमात्य र डा. बज्राचार्यको परिचय प्रस्तुत गरेका थिए ।

यसअघि कार्यक्रमका सहभागिलाई परिषदकी सदस्य विमलप्रभा बज्राचार्यले स्वागत गरेकी थिईन् । कार्यक्रम परिषदका अध्यक्ष राजित श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0