
काठमाडौं, २३ कात्तिक । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । काराेबार रकम पनि घटेकाे छ ।
नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंकले घटेको छ । फ्लोट इण्डेक्स २.४२ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंकले घटेको छ।
नेप्सेका अनुसार यसदिन कारोबार रकम पनि घटेको छ। ३२३ कम्पनीहरुकाे ४७ हजार २६८ पटकको कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ।
दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। उनीहरुमा सागर डिष्टिलरीको शेयर आजदेखि कारोबारमा आएको हो।
रु रु जलविद्युत परियोजना तथा १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेको छ।
कारोबार रकमकाे आधारमा यूनियन हाइड्रोपावर अगाडी रहेकाे छ । कम्पनीको २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे २३ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ । एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको २२ करोड बराबरको काराेबार भएको छ।
१३ वटै उपसमूहहरुमा राताे लागेकाे छ। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.९१ प्रतिशत घटेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।























