काठमाडौं, २० कात्तिक। साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्से परिसूचक २६ सय विन्दुबाट तल झरेको छ। बुधबार बढेर उक्त विन्दुभन्दा माथि गएकाेमा बिहिबार तल झरेर बन्द भएको हाे।

नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.०८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.८१ अंकले ३टेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेको छ।

तर यसदिन नेप्सेमा गिरावट भएपनि कारोबार रकममा बृद्धि भएकाे छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा बिहिबार ३२० कम्पनीहरुकाे ५० हजार ४३७ पटकको शेयर कारोबारबाट ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच भएकाे भएको छ।

दुई स्टक दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेको छ।

शिवम् सिमेन्ट् काराेबारमा अगाडी रहेकाे छ। कम्पनीको ३० करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको साढे ३० करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको साढे २७ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

यसदिन १३ उपसमूहमध्ये २ उपसमूहमा हरिउाे लागेको छ । बाँकी रहेका ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन, प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक केहि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0