
काठमाडौं, १० कात्तिक । स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ ।
आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























