
काठमाडौं, २७ असाेज । साताको शेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली शेयर बजार सकारात्मक बनेकाे छ । नेप्से परिसूचकमा हरियाली देखिएकाे छ । तर काराेबार रकममा भने कमि भएकाे छ ।
यसदिन नेप्सेमा ४४.२५ अंककाे बृद्धि भएर २५४७.६० विन्दुमा चढेको छ। सेन्सेटिभ इण्डेक्स ५.१४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ।
अघिल्लाे काराेबार ६ अर्ब ७० करोड रुपैयाँको भएकाेमा यसदिन ३३० कम्पनीहरुकाे ४८ हजार ८३६ पटकको कारोबारबाट ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएकाे छ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सबैभन्दा अगाडी रहेकाे छ । कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ। नेपाल पुनर्बीमा कम्पनीको साढे २६ करोड नजिककाे कारोबार भएको छ । १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को २४ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ । उनीहरुमध्य अन्य उपसमूहको परिसूचक ५.०१ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत तथा जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशत बढी बढेको छ।
























