काठमाडौं, २६ असाेज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा नेपालद्वारा युएइ १ रनले पराजित भएकाे छ । दीपेन्द्रसिंह ऐरीकाे सानदार बलिङमा चम्किएकाे नेपालकाे याे रोमाञ्चक जित हाे ।

आज खेलिएकाे सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध नेपालले एक रनको रोमाञ्चक जितकाे नतिजा निकालेको हो। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो।

समूह चरणबाट दुई अंक ल्याएको नेपालकाे चार अंक छ। ओमानको पनि समान अंक रहेकाे छ। यूएईकाे दुई अंक छ। यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएकोमा नेपालका बलर दीपेन्द्रसिंह ऐरीले ९ रन दिएर एक विकेट लिए। दुई ब्याट्सम्यान रन आउट भए।

यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिए। टस जितेर पहिला ब्याटिङ गरेकाको नेपालले ६ विकेट गुमाइ १४० रन बनाएको थियो।

आसिफ शेखकाे नवौं अर्धशतक

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० मा उनको यो नवौं अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट भए। यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0