
काठमाडौं, २३ असाेज । नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड सीमा हटाएपछि बजार सकारात्मक भएको छ । सीमा हटाएकाे कारण लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ । बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढ्दा सकारात्मक सर्किट लागेर २० मिनेट कारोबार बन्द भएकाे थियाे । त्यसपछि खुलेकाे बजार उकालाे लागेर बन्द भएकाे थियाे ।
नेप्से सकारात्क भएपनि काराेबार रकम केहि घटेको छ। बुधबार ५ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको थियाे । बिहिबार ३१३ कम्पनीहरुकाे ५६ हजार ३२१ पटकको कारोबारबाट ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ।
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशतले बढेको छ। एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशतले बढेको छ। थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि रहेकाे छ । कम्पनीको २७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यूनियन हाइड्रापावरको २७ करोड बढीकाे काराेबार भएकाे छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहहरुमा हरियाे लागेकाे छ । एउटामा राताे लागेकाे छ । लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ।























