काठमाडौं, २२ असाेज । याे साताको शेयर काराेबार भएकाे दाेश्राे दिन बुधबार नेपाली शेयर बजारमा भारि गिरावट भएकाे छ । अघिल्लाे दिन पनि नेप्सेमा गिरावट भएकाे थियाे ।

नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.४१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेको नेप्सेले जनाएकाे छ।

मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन बढेकाे छ । कुल ३३५ कम्पनीहरुकाे ६३ हजार ५०९ पटकको कारोबार हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर किनबेच भएकाे छ।

सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ। १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० को मूल्य साढे ६ प्रतिशतले बढेको छ छ । यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले बढेको छ। प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको साढे २४ करोड रुपैयाँको तथा सिनर्जी पावर डेभलपमेन्टको २२ करोड रुपैयाँ बढीकाे कारोबार भएकाे छ।

१३ वटै उपसमूहरुमा राताे लागेकाे छ। जसमध्ये वित्त उपसमूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशत र विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0