Home विजनेस कर्पोरेट भैरहवाबाट एक सय ५७ जना यात्रुहरूको हवाई उद्दार

भैरहवाबाट एक सय ५७ जना यात्रुहरूको हवाई उद्दार

भैरहवाबाट एक सय ५७ जना यात्रुहरूको हवाई उद्दार

भैरहवा (रुपन्देही), २० असोज । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ । नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।

भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here