
काठमाडौं, १७ असाेज । आज एकादशीका दिन पनि विजया दशमीको टीका लगाउने क्रम जारी छ। टाढा टाढाबाट टीका लगाउन जानेहरुले पूर्णीमासम्म टीका लगाउने चलन रहेकाे छ ।
आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने गरिएकाे छ।
तिथी अनुसार दशमीपछि ११ औं दिनलाई एकादशी भनिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























