
काठमाडौं, ९ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै बिहिबार नेपाली बजारमा सुनाचँदीकाे भाउमा भारि गिरावट भएकाे छ । सुनमा रुपैयाँ १७ सयले गिरावट भएकाे छ । चाँदीमा रुपैयाँ १५ ले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । यसअघी बुधबार छापावाला सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ लगातार चार दिन उकालाे लागेकाेमा यसदिन भने घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























