
पोखरा असोज ६/ क्षत्री समाज नेपालले सोमबार शुभकामना आदान प्रदान गरेको छ । समाजले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८२को अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि क्षत्री समाज नेपालका केन्दीय अध्क्षय रिब बहादुर थापाले समाजले गर्ने बिभिन्न कार्यक्रमले सम्पूर्ण क्षत्रीहरुलाई एकिकृत गरको बताए ।
कार्यक्रममा बिषेश अतिथि समाजका केन्दिय महासचिव कृष्ण थापा,क्षत्री समाज नेपालकी गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी,क्षत्री समाज कास्की जिल्ला महिला अध्यक्ष गंगा देउजा के.सी,क्षत्री समाज कास्की जिल्ला उपाध्यक्ष अर्चना बस्नेत लगाएतले शुभकामना ब्यक्त गरेका थिए । जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जिल्ला समिति उपाध्यक्ष दान बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत थापाले गरेका हुन् ।






















