
काठमाडौं, २७ भदाै । शेयर बजारकाे काराेबार अब असोज ५ गते मात्रै खुल्ने भएकाे छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई आउदाे असोज २ गते बिहीबारसम्म कारोबार बन्द गर्न निर्देशन दिएको छ।
असाेज ३ गते शुक्रबार काराेबार हुँदैन भने ४ गते शनिबार परेकाेले अब शेयर बजारकाे काराेबार असोज ५ गते आइतबार मात्रै खुल्ने भएकाे छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बोर्डले असाेज २ गतेसम्म काराेबार बन्द गर्न निर्देशन दिएको बताए । उनीद्वारा जारी सूचनामा अब शेयर काराेबार असाेज ५ गतेदेखि हुने लेखिएकाे छ ।
नेप्सेका अनुसार परिस्थिति सामान्य बन्दै गएमा असोज ५ गते बजार खुल्नेछ। देशभर जेनजी आन्दोलनका कारण भदौ २४ गते देखि शेयर बजारकाे काराेबार हुन सकेकाे छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























