
काठमाडौं, २७ भदौ। कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ ।
बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिनुपर्ने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गर्ने र त्यसअघि ‘जेनजी’ आन्दोलनमा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेकाे बताए।
उपत्यकाबाहिर र देशभरका बारहरूले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र घाइतेको स्वस्थ्य लाभको कामना गर्ने जनाइएको छ ।
साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























