काठमाडौ, १३ भदाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा थप मद्दत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको सङ्घले जनाएको छ। विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारजनप्रति गहिरो दुःख र ऐक्यबद्धता प्रकट गरिएको छ। साथै, आगामी दिनहरूमा पनि विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनाका कार्यहरूमा आवश्यक सहयोग र सहकार्यका लागि क्यान सदैव प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0