
पोखरा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा व्यवस्थालाई ध्यान दिदैं निषेधाज्ञालाई निरन्तरता दिएको छ । आज जारी गरिएको आदेश बिहान ११ बजेदेखि साँझ ५ सम्म कायम रहने छ ।
प्रशासनले पोखरा महानगरपालिकाका वडा नं १ देखि ३३ सम्म चारै किल्ला र वडाहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी निषेधाज्ञाको आदेशमा उल्लेख छ ।
शान्ति, सुरक्षा, जनताको जिउधनको रक्षाका लागि जारी गरिएको आदेशको पालना गर्न भनिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
आदेशमा आत्यावश्यक काम र सेवाका सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न सकिने जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























