नारायण शर्मा, नवलपरासी, २४ भदाै। मंगलवारको जेन जी आन्दोलनलाई नैतिक सर्मथन गरेका जिल्लाका प्रभावशाली युवानेताहरुले धमाधम एमाले र कांग्रेस परित्याग गरेका छन्।

एमाले निकट अनेरास्वबियूकी केन्द्रीय सदस्य एवं चर्चित बिद्यार्थी नेता एमकला पौडेल मनिषा, कांग्रेस महाधिबेशन प्रतिनिधि, सुरज गुरुङ, नेविसंघ केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख बिजय महतो र नेविसंघका जिल्ला सदस्य सुदिप चापागाईले पार्टी छोडेको घोषणा गरेका हुन ।

नेपालको कमचारीसंयन्त्र र माथिल्लो तहका सबै दलका नेताहरुमा समान पहुँचको छवि बनाएका गुरुङ कांग्रेसका प्रभावशाली युवा नेता मानिन्छन । उनले सोमवार एक स्टाटस लेखेर कांग्रेस छोडेको घोषणा गरेका हुन । उनले पार्टी छोडेको घोषणा गरेपछि कांग्रेसमा खैलाबैला भएको छ ।

बिद्यार्थी नेताहरुले सामाजिक संजालमा स्टाटस लेख्दै पार्टी र नेविसंघ छोडेको घोषणा गरेका हुन ।

कावासोती स्थित कुमारवर्ति बहुमुखि क्याम्पस स्वबियूका पूर्व सभापति सुदिप चापागाई र नेविसंघका केन्द्रिय सदस्य बिजय महतोले नेविसंघ छोडेको घोषणा गरेका छन । महतो नेविसंघको प्रचार बिभागका प्रमुख समेत हुन । उनले मंगलवार सामाजिक संजाल मार्फत नेविसंघ र कांग्रेसका कारण देश संकटमा पुगेको स्थिती आफनै अगाडि देख्दादेख्दै त्यस्तो संस्थामा बस्न सकिन भनेर लेखेका छन ।

कांग्रेसका बृद्धनेताहरुको पाप आफुहरुले बोक्न नसक्ने भन्दै फेसबुकमा असुन्तुष्टि पोखेका छन । उनले सबैले नेविसंघ छोडन पर्ने अडान राखेका छन । अनेरास्वबियूकी केन्द्र सदस्य पौडेलले लामो स्टाटस लेख्दै अनेरास्वबियूको केन्द्रीय सदस्यवाट राजिनामा दिएकी छन । उनले ओली नेतृत्वको एमालेको साधारण सदस्य समेत नरहेको मंगलवार घोषणा गरेकी छन ।

उता प्रभावशाली बिद्यार्थी नेता चापागाई बुधवार बिहान आफनो सामाजिक संजालमा छोटो स्टाटस लेख्दै नेविसंघ छोडेको घोषणा गरेका छन । उनिहरु तिन जना नै मंगलवार शुरु भएको जेन जी सम्बद्ध युवाहरुको आन्दोलनमा सर्मथन गरेका प्रभावशालि नेता हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0