
काठमाडौं, १५ भदाै । अनेसास संस्कृति समितिले आज दुईवटा महत्वपूर्ण निर्णय गरेकाे छ । अनेसास केन्द्रको सांस्कृतिक समितिको बैठकले अनेसासको सहयोगार्थ सांस्कृतिक कार्यक्रमहरु गर्ने भएकाे छ ।
समितिका अनुसार नेपाल, कतार, जापान र अमेरिकामा सांस्कृतिक कार्यक्रमहरु गरिने र साे कार्यक्रमवाट उठेको रकम अनेसास केन्द्र र केहि नेपाल च्याप्टरको साहयोगार्थ प्रयोग गरिने भएकाे छ।
यस्तै, विश्व भरि छरिएर रहेका नेपाली जन समुदायहरुलाई र नयाँ आगन्तुक नेपाली मूलका बालबालिकाहरुको लागि नेपाली भषा, कला, संस्कृति र संस्कार सिकाउने उदेश्यले नेपाली सांस्कृतिक कथाहरुको संग्रह प्रकाशन गरिने संस्कृति समितिका संयाेजक महेश्वर पन्तले जानकारी दिए ।
कथा सग्रंह नेपाली र अग्रेंजीमा हुने छ। उक्त कथा संग्रहको प्रकाशक र वितरक अनेसास केन्द्र हुने छ । यसका लागि नेपाल प्रज्ञा प्रतिस्ठान र कला प्रतिस्ठानलाई पनि जोड्ने प्रयास गरिने भएकाे छ। यसमा सबै च्याप्टरहरुले वितरणका लागिप सहयोग गर्ने छन्।
समितिले पुस्तक सबै नेपालीहरुको घरघरमा पुगोस् र नेपाली कला, संस्कृतिको विकासमा टेवा पुगाेस् भन्ने मुख्य उद्देश्य रहेको संयाेजक पन्तले बताए ।
