पोखरा, १४ भदौ । चलचित्र कोशेढुंगा प्रदर्शनमा आउने बित्तिकै यसले दर्शकहरुको मन जित्न सफल भएको छ । प्रदर्शनमा आएको तीन दिनमै दर्शकले हल भरिभराउ भएपछि निर्माण पक्ष तथा कलाकारहरु हौसिएका छन् ।

यतिबेला नायिका नीति शाह लगायतको टोली पोखरामा रहेको छ । उनीहरुले दर्शकसंग भलाकुसारी गर्ने र चलचित्रको बारेमा प्रतिक्रिया लिने गरेसंगै यसको माहोल राम्रो भएको उनीहरुले बताए ।

पोखरा मिड टाउनमा चलचित्र कोशेढुंगाको प्रदर्शन सकिएसंगै उनले दर्शकले राम्रो प्रतिक्रिया दिईरहेकोले हाैसला मिलेको बताईन् । हामीलाई निकै हौसला मिलेको छ । यो एउटा पारिवारिक फिल्म हो । फिल्मले नेपाली दाजुभाई दिदिबहिनीलाई नेपालमै केहि गर्नका लागि उत्प्रेरित पनि गरेको छ ।

यही केहि गर्न सकिन्छ । यहाँको जस्तो विदेशमा काम गर्न सहज हुँदैन । तर कहिलेकाँहि वाध्यताहरु आईपर्ने भएकोले बाध्यताका सामु घुँडा टेक्न फेरि बाध्य हुनुपर्ने र जानेहरुले पाएको दुःख, कष्टलाई पनि उजागर गरेको छ शाहले भनिन्।

सुटिङमा जाँदाको अनुभव सुनाउदै उनले स्याङ्जामा जाँदा फिल्मको जस्तो कथा धेरैको घरमा देखेको, उहाँहरुको कथा, वेदना मिलेको बताईन् । वाध्यताले विदेशमै गईएछ भने पनि स्वदेशमा फर्किएर केहि गरौं भन्ने भावना पनि जागृत गराएको छ उनले थपिन् ।

खचाखच भरिएको हल र दर्शकको उपस्थितिबाट निर्माण पक्ष खुसी भएको कलाकार इन्द्र ढकालले बताए । उनले नेपाली फिल्मलाई माया गर्न र विशेष गरेर दक्षिण एशियामै खुलेको पहिलो होमस्टे सिरुबारि लगायत क्षेत्रको छायांकनको परिवेश फिल्ममा उतारेको बताए ।

फिल्मका कालाकार प्रविण खतिबडाले फिल्म मौलिक खालको भएको र हरेक नेपालीको घर घरको कथा भएको बताए । अरु त के बताउँ एकपटक सबैले हेरेर प्रतिक्रिया दिनुभए हामी आभारी हुने थियौं । उनले भने फिल्म साँच्चै कोशेढुंगा नै बनेकाे छ । चलचित्र हेर्न आएका दर्शकले पनि उत्कृष्ट रहेको र नाम अनुसारको कोशेढुंगा भएको रमा, इशा र सिर्जना गुरुङले बताए ।

फिल्मको निर्देशन सरोज पौडेलले गरेका छन् । यसको छायांकन स्याङ्जाको सिरुबारि, आधिखोला, त्रिवेणी लगायतका क्षेत्रमा गरिएको छ।

नरदेवी फिल्सको प्रस्तुति रहेको चलचित्र कोशेढुंगामा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, प्रेविल कँडेल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायत रहेका छन्।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । कार्यकारी निर्माता दिनेश खड्का भने यसकाे बाबु श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रकाे सम्पादनमा सुरेन्द्र पौडेल रहेका छन् । चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0