पोखरा, १३ भदौ । क्षत्री समाज नेपाल, गण्डकी प्रदेशले आजदेखि दुईदिने प्रदेश स्तरिय प्रशिण आयोजना गरेको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका ९ जिल्लाका पदाधिकारी, प्रतिनिधि र चार भातृ संगठनका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कास्कीकाे नागडाँडामा आयोजना गरिएकाे कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले सरकारले बाटोघाटो, पुलपुलेसा लगायतका भौतिक निर्माणलाई मात्रै नहेर सामाजिक विकासमा पनि ध्यान दिन जरुरी भएको बताए ।

प्रदेश सरकारले समाज, सामाजिक विकास र रुपान्तरणमा जोड दिएको बताउँदै समाजमा आवश्यक तालिम, युवा, महिला, समुदाय र सामुहिक कार्यहरुमा सहायाेग गर्दै आएको बताए ।

सामाजिक कार्यहरुमा निष्ठाको काम हुनुपर्ने, असंगठित रुपमा रहेका क्षत्रीहरुलाई एकतामा ल्याउनु पर्ने नेतृत्वको काम भएकोले उनीहरुमा पारदर्शिता, जवाफदेशिता हुनुपर्ने बताए । सो अवसरमा मन्त्री केसीले क्षत्री समाजले उठाएका जायज मागहरुको बारेमा आफु सकारात्मक रहेको र सरकारमा पनि ति कुराहरुलाई उठाउने प्रतिवद्धता व्यक्त गरे ।

विशेष अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले क्षत्रीको छोरो अध्यक्ष भएको अन्नपूर्ण गाउँपालिमा क्षत्री समाजको प्रदेश स्तरिय प्रशिक्ष कार्यक्रम राखेकोमा गर्वानुभूति भएको बताए । कतिपय कार्यक्रमहरु शहरमुखि भईरहेको हामीले पाउँछौं, उनले भने, क्षत्री समाजले गाउलाई रोजेकोमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि गाउँपालिकाले आतिथ्यताका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले समाजले अहिले सबै जिल्लाहरुमा संगठनलाई चलायमान बनाउन लागिपरेको बताए । संगठन गाउँदेखि केन्द्रसम्म चलायमान बनाउन आवश्यक भएकोले यसप्रकारका तालिम, प्रशिक्षणले थप उर्जा मिल्ने बताए । समाजका सरकारसंगका मागहरु कायमै रहेकोले आईपरेको बेलामा जुनसुकै प्रकारको कदम उठाउनका लागि तयार रहनु पर्ने र सैद्धान्तिक, ऐतिहासिक, समानता, विभेद लगायतका अधिकारका मुद्धाहरु पूरा गराउन दरिलो हुनुपर्ने बताए ।

भक्तपुरबाट प्रशिक्षणका लागि आएका समाजका केन्द्रीय उपाध्यक्ष रामेश्वर थापाले समाजलाई अहिलेकाे अवस्थासम्म ल्याउन दिवंगत भएका तथा पूर्व नेतृत्वलाई समाजले कहिल्यै भुल्न नहुने बताए । मलाई याद छ २०६९ सालमा थुप्रै गाडीहरुबाट काठमाडौं गएर बिसिसिआईको भवन घेराउ नगरेको भए देश नाईजेरिया र कंगोको हालतमा पुग्थ्यो । थापाले भने, त्यो समयमा आमा दिदिबहिनीहरु, युवा, प्रौढ सबै तहतप्काका दाजुभाई दिदिबहिनीहरुको शाहसी आन्दोलनले देशलाई जातिय द्वन्दमा फस्न नदिन र जातिय संविधान घोषणा हुनबाट जोगाइएको हाे ।

कार्यक्रममा समाजका महासचिव तथा प्रशिक्षक कृष्ण बहादुर थापाले संगठनलाई मजबुत बनाउन र जिल्लामा गएर कार्यसम्पादन गर्न सजिलो हुने बताए । हामीले आफु पनि सिकिरहनु पर्ने, बुझिरहनुपर्ने र ति कुराहरुलाई हस्तान्तरण गर्दै जानुपर्ने बताए । महासचिव थापाले देशका ६३ जिल्लामा सक्रिय रहेको समाजमा अझैं आवद्धताका लागि ढोका खुला गरिएको बताउँदै विदेशमा रहेका शाखाहरुबाट पनि समाजका कामहरु भईरहेको बताए ।

थापाले युद्धकला कौशलमा आधारित सारङ खेललाई सरकारी खेलको सूचीमा राख्नका लागि प्रयास भईरहेको र यसको संभावना बढेर गएको बताए । यसलाई सानो दायरामा राख्न हुँदैन उनले भने, यदि सरकारले खेलको रुपमा सूचिवद्ध गर्याे भने अन्तराष्ट्रिय रुपमा यसको प्रवर्धन गर्न सकिन्छ । सो अवसरमा उनले समाजको केन्द्रीय कार्यालय मर्मतका लागि मन्त्री केसीको पहलमा १३ लाख प्राप्त भएको र मर्मत संभारका कामहरु गरिएको जानकारी दिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका निवर्तमान अध्यक्ष युवराज कुँवर, समाजका निवर्तमान प्रदेश अध्यक्ष बेनि बहादुर बस्नेत, समाज उपाध्यक्ष राजेन्द्र अधिकारी, महिला समाजकी अध्यक्ष तथा रेडक्रस कास्कीकी सभापति उर्मिला खड्का लगायतले क्षत्री समाजको उन्नतिको लागि यसको यसको ऐतिहासिक, भाषिक, संस्कार, संस्कृति र योगदानको अध्ययनमा जोड दिए ।

कार्यक्रममा रेडक्रस कास्कीकाे सभापतिमा पहिलाे पटक महिला निर्वाचित भएकाेमा खुसी व्यक्त गर्दै समाजले उर्मिला खड्कालाई सम्मान गर्याे ।

यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई क्षत्री समाज गण्डकीकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत गर्दै गाउँ गाउँमा, टोलटोलमा समाजका मुद्धाहरु र कार्ययोजनाहरुलाई लैजानु पर्ने बताईन् । कृष्ण अधिकारीले सञ्चालन गरेकाे कार्यक्रम समाजका प्रदेश अध्यक्ष इन्द्रमान खत्रीकाे अध्यक्षतामा भएकाे थियाे ।फाेटाे-तिर्थ केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0