पोखरा, ११ भदौ । पोखरा १ बागबजारस्थित स्वस्तिक हस्तकला उद्योगको १७ औं वार्षिक उत्सवको अवसरमा दीपावली दीप, कलात्ममक मायाको चिनो र घरायसी प्रयोजनको लागि आवश्यक पाँच दिने मैनबत्ती तथा कलात्मक मैनबत्ती बनाउने तालिम बुधबारबाट सुरु भएको छ ।

उक्त तालिम स्वस्तिक हस्तकला उद्योग र कास्की पोखरा हस्तकला संघको आयोजना, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की र लायन्स क्लव अफ पोखरा बाराहीको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लयान्स क्लव इन्टरनेशनल ३२५ बी १ की मल्टिपल काउन्सिल चेयरपर्सन मीलन थापाले बितेका १७ वर्षदेखि स्वस्तिक हस्तकला उद्योग महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउन, उद्यमी बनाउन ठूलो भूमिका निर्वाह गर्दै आएको बताईन् ।

म यस उद्योगको अझैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु र १७ औं वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दछु । महिलाको नेतृत्व, लगाव र निरन्तरता कस्तो हुन्छ भन्ने कुरा सीता दिदिको कर्मबाटै प्रष्ट भएको छ । आफु पनि उद्यमी र अरुलाई पनि उद्यमशीलताको सिप सिकाईरहनु भएको छ यो ठूलो कार्य हो यसको प्रशंसा मुक्तकण्ठले गर्नैपर्छ ।

विशेष अतिथि कास्की पोखरा हस्तकला संघकी निवर्तमान अध्यक्ष रामकली खड्काले उद्यमशीलताको विकास र उत्पादित वस्तुहरुको वजारिकणमा जोड दिईन् । सुरुआतका दिनहरु अहिलेकोभन्दा सजिलो नभए पनि यहाँसम्म आउनु लगनशील र त्यागले संभव भएको बताईन् ।

कार्यक्रममा पोखरा वडा नं २ की वडा सदस्य गोमा सुवेदी, महिला उद्यमी संघ नेपाल, गण्डकीका अध्यक्ष पार्वती पौडेल रेग्मी, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष लक्ष्मी गुरुङ लगायतले बोलेका थिए ।

तालिमको प्रशिक्षकमा ऐनशोभा गुरुङ रहेकी छन् । उनले सो अवसरमा सादा तथा कलात्मक मैनबत्ती बनाउने सिप सिकाउने जानकारी दिईन् । उनले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा उतार्न र आफ्नो खुट्टामा उभिन सहभागिलाई आग्रह गरिन् ।

सो अवसरमा हालै महिला उद्यमी संघ नेपाल, गण्डकीको अध्यक्षमा निर्वाचित पार्वती पौडेल रेग्मीलाई खादा र बुकिले सम्मान गरिएको थियो ।

यस्तै तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीकी कोषाध्यक्ष सीतादेवी गुरुङ केही समयका लागि जापान जान लागेकोले खादा लगाई बिदाई गरिएको थियो ।

प्रथम गुरुङ र मेरो डान्स सिजन २ को विजेता रीस्ता गुरुङको बिजय र्याली

यसैबीच, चित्रेली तमु समाज परिवार पोखराले बिहिबार मेरो भ्वाईस युनिभर्स सुजन २ को बिजेता प्रथम गुरुङ र मेरो डान्स सिजन २ को विजेता रीस्ता गुरुङको बिजय र्यालीमा सहभागि भईदिन अनुरोध गरेको छ ।

उक्त र्याली बिहान ८.३० बजे पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट सुरु हुने भएकाेले र्यालीमा सहभागि भईदिन अनुरोध गरिएको छ । सवारी साधन नभएकाहरु सिधै चित्रीली तमु समाज घर पोखरा १९ लामाचौरमा जम्मा भईदिन संयोजक चित्र बहादुर गुरुङले बताएका स्वस्तिक हस्तकला उद्योगका प्रमुख सीता गुरुङले जानकारी दिईन् ।

यसअघि कार्यक्रममा सहभागिलाई संघकी उपाध्यक्ष गोमा ढकालले स्वागत गरेकी थिईन् । स्वस्तिक हस्तकला उद्योगकी संचालक तथा संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालक संघकी सचिव पम्फा थापाले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0