
पोखरा, २८ साउन । क्षत्री समाज नेपाल, कास्कीले तीजको अवसरमा दिदिबहिनीहरुसंग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार समाजको केन्द्रीय कार्यालय, नयाँबजार पाेखरामा आयोजित कार्यक्रममा तीजका विविध पक्षका बारेमा वक्ताहरुले आफ्नो बिचार व्यक्त गरे ।
तीजको नाममा केहीले यसलाई बिकृत बनाउने खालका, परम्परा बिपरितका भावार्थ भएका गीत र छाडा भिडियोहरु बनाएकोमा असहमति जनाईएको थियो । यसको रोकथामको लागि सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।
सो अवसरमा क्षेत्री महिला दिदिबिहनीहरुले परम्परागत तीजका गीतहरु गाउाँदै नृत्य प्रस्तुत गरेका थिए । समाजका कास्की अध्यक्ष दिल बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष शंकर बहादुर केसी, महिला समाजका केन्द्रीय सदस्य गीता भण्डारी, गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी, बुद्धदेवी कुँवर, लेखा समिति संयोजक गणेश बहादुर केसी, क्षत्री महिला समाज गण्डकी प्रदेश अध्यक्ष सीता केसी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै समाजको कास्की उपाध्यक्ष अर्चना बस्नेत, कोषाध्यक्ष सन्दिप थापा, सदस्यहरु गणेश कुँवर, राम बहादुर क्षत्री, सिर्जना कार्कि, पदम कार्कि, उर्मिला कार्कि, जमुना भण्डारी लगायत थिए । उनीहरुले तीजका गीत गाउँदै, नृत्य गर्दै शुभकामना साटफेर गरेका थिए ।























