
मुम्बई, २८ साउन । भारतीय निर्यातकर्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र विरुद्ध कर वृद्धिको धम्कीको परिणामलाई कम गर्न विकल्पहरूको खोजी गरिरहेका छन्।
यदि भारतले रुसी तेल किन्न जारी राख्यो भने, युक्रेनमा रुसको सैन्य आक्रमणका लागि मस्कोको आम्दानी बन्द गर्ने उद्देश्यले ट्रम्पले नयाँ आयात भन्सार २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्याउने भनेपछि धेरैले गम्भीर रोजगारी हानिको चेतावनी दिएका छन् ।
एलारा सिक्योरिटिजका अर्थशास्त्री गरिमा कपुरले भन्नुभयो, “५० प्रतिशत भन्सारमा, भारतका कुनै पनि उत्पादनले प्रतिस्पर्धात्मक लाभ उठाउन सक्दैन ।” विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता भारतसँग आफ्नो हालको तेल आपूर्तिको करिब एक तिहाइ विदेशबाट प्रतिस्थापन गर्ने विकल्प खोज्न अगस्ट २७ सम्म समय छ ।
नयाँदिल्ली निर्यात पावरहाउस नभए पनि यसले सन् २०२४ मा लगभग ८७ अर्ब डलर मूल्यका सामानहरू संयुक्त राज्य अमेरिकामा निर्यात गरेको थियो । अब त्यो ५० प्रतिशत भन्सार शुल्कले रत्न र गहनादेखि कपडा र समुद्री खानासम्मका कम मार्जिन भएका श्रम–गहन उद्योगहरूलाई उल्ट्याउने धम्की दिएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले सन् २०२५ मा कपडाजस्ता क्षेत्रमा अमेरिकी बिक्रीमा ६० प्रतिशतले गिरावट आउने अनुमान गरेको छ ।



























