पोखरा, २६ साउन । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित सोपान स्टेशनरीले पतञ्जलि योग समिति कास्कीलाई आवस्यक स्टेशसनरीका सामग्री उपलव्ध गराएको छ ।

समितिले साउन २६ गतेदेखि एक हप्ते सह-योग शिक्षक तालिम संचालन गरेको छ । सो तालिमको अवधिमा चाहिने कापि र बल पेन सोपानका प्रमुख सूर्यमोहन आचार्य तथा शोभा आचार्यले उपलव्ध गराएका हुन् ।

समितिले हरेक दिन बिहान नियमित रुपमा निःशुल्क योगका कक्षाहरु संचालन गर्दै आईरहेको छ । मानसिक र शारिरीक स्वास्थ्यलाई सबल बनाई निरोगी समाज निर्माणमा लागिरहेको पतञ्जलि योग समिति कास्कीका अध्यक्ष प्रकाश वास्तोलाले जनाएका छन् ।

सोपान स्टेशनरीले सोपान कापि, पूजा कापि उद्योगबाट उत्पादित कापि, पाठ्यपुस्तक, स्टेशनरी, खेलकुद तथा अफिसियल सामग्रीहरुको होलसेल तथा खुद्रा बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0