
पाेखरा, २५ साउन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गास्थित दि भिलेज रेष्टुरेण्टमा २०८१ सालको एस ई ई उत्तिर्ण तमू विद्यार्थीहरुलाई बधाइ एवं सम्मान गरेर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ।
कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयबाट एस ई ई उत्तिर्ण विधार्थीहरु मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विधार्थी एक एक जनालाई नगद पुरस्कारसहित खदा लगाएर सम्मान गरिएको थियो।
एस ई ई पास गरेका विधार्थीहरु मध्ये दुईजना अविभावक पनि रहेको छन् । जसमा पोखरा महानगरपालिका अन्तरगत अमर सिंह निवासी ४५ वर्षीय सुकदेवी गुरुङ र ४१ वर्षकी भगवतिटार निवासी कुमारी गुरुङ रहेकिछिन् ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदका अध्यक्ष लक्ष्मी तमुस्यो, नेपाल तमू विधार्थी छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय महासचिव युवराज गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश प्रमुख जीत बहादुर गुरुङ, राष्ट्रिय आदिवासी महिला संघ गण्डकी प्रदेश अध्यक्ष डिल माया गुरुङले शुभकामना मन्तब्य राखे ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय उपाध्यक्ष मनोज गुरुङले संस्थाको बारेमा जानकारी दिंदै अभिमुखीकरण गराए। गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्री एवं प्रवक्ता डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २०८१ सालमा एस ई ई पास गरेको बिधार्थीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरियाे ।
साथै टियारा ईन्टरटेन्टमेन्टद्वारा आयोजित मिस डाईनमिक पोखरा २०२४ को विजेता बन्न सफल खुश्बु गुरुङ र ईभेन्टस् फर् यु प्रा लि ले आयोजना गरेको मिस एस ई ई पोखरा २०२५ विजेता भई भारतको केरला राज्यको गोकुलम कन्भेन्सन सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टिन ग्लेम वर्ल्ड २०२५ को सेकेण्ड रनरअप हुन सफल प्रिन्सु गुरुङलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले यदि कुनै पनि योग्य व्यक्ति नेतृ्त्व लिन तैयार हुनुहुन्न भने अयोग्य ब्यक्तिहरुद्वारा शासित हुनुपर्छ भन्ने विचार राखे। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ट उपाध्यक्ष सु ईन्द्र बहादुर गुरुङले, धन्यबाद मन्तब्य एस ई ई उत्तिर्ण विधार्थी जेनेस गुरुङले राखेको थिए ।
सिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव आश बहादुर गुरुङ र संगठन सचिव कुमारी गुरुङले गरेका थिए ।






















