
काठमाडौं, २० साउन। साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्नाे दिन पनि आज नेपाली बजारमा सुनचाँदीकाे भाउ उकालाे लागेकाे छ । छापावाल सुनमा रुपैयाँ सयले बढेकाे छ । चाँदीमा रुपैयाँ २५ ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। अघिल्लो दिन साेमबारको तुलनामा यसदिन सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले यसदिन चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको जनाएकाे छ। सोमबार ताेलाकाे २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















