
पाेखरा, ९ साउन । तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीले आयाेजना गरेकाे दुइ दिने क्षमता अभिवृद्धि तथा आयमूलक तालिम सम्पन्न भएकाे छ ।
साउन ८ र ९ गते स्वस्तिक हस्तकला उद्याेग, पाेखरा १ बगरमा गरिएकाे तालिममा २६ जनाले सहभागीता जनाएका त ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सीता गुरुङले जानकारी दिइन् ।
लक्ष्मी गुरुङको अध्यक्षतमा भएकाे क्षमता अभिवृद्धि तथा आयमूलक (मासुको अचार) बनाउने तालिमकाे समापन समाराेहका प्रमुख अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपाध्यक्ष मनोज गुरुङले लोकल स्वाद आउने, ब्रान्डिङमा तथा तमुस्योहरू उद्यमशीलता स्थापित हुनका लागि अग्रसर रहन र आय आर्जनमा जाेडिन आग्रह गरे ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश सचिव खिमा गुरुङले तमुस्यो ह्युल छोंज धींको दिदी बहिनीहरुको उत्साहका लागि सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की कोषाध्यक्ष सीता गुरुङले आर्थिक लगानी र उत्पादनका लागि सबै त्यसतर्फ लाग्ने अपेक्षा राखेकाे बताइन्। प्रशिक्षार्थी सन्ध्या गुरुङले तालिमको अनुभव बताउँदै फलदायी भएकाे बताइन्।
यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथि परिषदकी केन्द्रिय उपमहासचिव विष्णु गुरुङले महिला दिदिबहिनीहरुले समय खेर नफालि क्षमता अभिवृद्धिका साथमा आयमूलक काममा लाग्न अनुराेध गरेकी थिइन् ।
विशेष अतिथि परिषद कास्कीका अध्यक्ष सीता गुरुङले हामीले कुनै पनि प्रकारकाे सिप सिकेर व्यवहारमा उतार्न सके अर्थकाे सकस नपर्ने बताइन् । सबै तमुस्याेलाइ उत्पादनमूलक काममा लाग्न आग्रह गर्दै भविष्यका आवश्यक परेका अन्य तालिममा सहजिकरण गर्ने कुरा व्यक्त गरिन् ।
कार्यक्रम तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद संगठन विभाग सचिव विष्णु गुरुङले संचालन गरेकी थिइन्।
























