
ढाका, ८ साउन । बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले उहाँलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उहाँको धानमन्डी निवासबाट पक्राउ गरेको थियो ।
डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गर्नुभएको छ । “हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ”, इस्लामले भन्नुभयो, “उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।” खैरुल हकले बङ्गलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो ।
अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गर्नुभएको थियो । यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गर्नुभएको थियो ।
भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ । उहाँले खैरुलमाथि संविधानको १३औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























