
काठमाडौं, २ साउन । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा सामान्य बृद्धि भएकाे छ । आज छापावाल सुन ताेलामा रुपैयाँ २०० ले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएकाे छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यसरी बढेकाे चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















