पोखरा, ३१ असार । काठमाडौं तीनकुनेमा मुख्यालय रहेको एजि एक्सप्रेस कार्गो एण्ड कुरियर र पोखरा वडा नं ९ वसपार्कमा रहेको प्रतिष्ठित फुटबल क्लव सहारा क्लवबीच आपसि हितका पक्षमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार भेटघाटमा दुबै संस्थाका पदाधिकारीले झम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो हस्ताक्षर पत्रमा एजि एक्सप्रेसको तर्फबाट अख्तियारी लिएर आएका तुलसी उप्रेती र क्लवका अध्यक्ष केशवराव वरालले हस्ताक्षर गरी एकापसमा आदानप्रदान गरे ।

कार्यक्रममा एजि एक्सप्रेसका उप्रेतीले क्लव र एजिबीच एक वर्षका लागि समझदारी भएको र भविष्यमा यसको आवश्यक्ताका आधारमा अगाडी बढ्ने बताए ।

क्ल्वले संंचालन गरिरहेकाे कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरु आश्रित सूर्य बहादुर के.सी. स्मृति सहारा आवासिय फुटबल एकेडेमिमा रहेका बालकहरुको शैक्षिक जीवन पुनरोत्थानका लागि एजिबाट सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिक रुपमा कुरियर सेवा प्रदान गरेबापत विश्व्यापि व्यापार रकममध्ये प्रतिकेजि रुपैयाँ ५ को दरले रकम भुक्तानि गरिने भएको छ ।

यस्तै क्लवका शाखाहरु सहारा युके, हङकङ र अष्ट्रेलियाका पदाधिकारी, सदस्य, सल्लाहकार, मानार्थ सदस्यहरुलाई लाग्ने शुल्कमा १० प्रतिशत छुट दिईने उप्रेतीले जानकारी दिए ।

दुबै पक्षले एक अर्काको सेवालाई प्रयोग तथा प्रवर्धनका लागि काम गर्नेछन् भने मेगा इभेन्टहरुमा ससम्मान उचित स्थान र भूमिका निर्वाहको कार्य गरिने भएको छ । सम्झौता २०८२ साउन १ गतेबाट लागू भई एक वर्षसम्म कायम रहनेछ । पछि अपसि समझदारीमा थप्न सकिने भएको छ ।

एजि एक्सप्रेस छोटो अवधिमै देश विदेशमा सामान द्रुत डेलिभरीका लागि प्रख्याति कमाएको कम्पनीको रुपमा दरिएको छ । बिगत ४ वर्षदेखि नेपाल, चीन, हङकङमा र देशका ७७ जिल्लामा सेवा उपलव्ध गराईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0