पोखरा, २८ असार । नेपाली कांग्रेसले गरेको कार्वाहीप्रति कास्कीका अधिकांश महासमितिका सदस्य र कार्यकर्ता असन्तुष्ट भएका छन्।
जनताको माझमा विकासप्रेमी र लोकप्रिय नेताको छवि बनाएका कास्कीका नेताहरु कुमार खड्का, कृष्ण केसी र वडा सदस्य भावना श्रेष्ठ माथिको कार्वाही पार्टी सिध्याउने खेल भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। केही महासमितिका सदस्यले विज्ञप्ति जारी गरेर कारवाही फिर्ता लिन पार्टीको अनुशासन समितिलाई आग्रह समेत गरेका छन्।
महासमिति सदस्य सुदीप मोहन भट्टराईले महासमिति सदस्य पुर्व मन्त्री खड्का, महासमिति सदस्य एवम् नेपाली कांग्रेस कास्कीका पुर्व सभापती के सी र नेपाली कांग्रेस क्षेत्र नं.२ कास्कीका सहसचिव श्रेष्ठ लगायतले दिएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले नेपाली कांग्रेसको सदस्यबाट निस्कासन गर्ने नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिको दुर्भाग्यपूर्ण निर्णय घोर आपत्तिजनक र भर्त्सना योग्य छ, उनले भनेका छन्।
नेपाली कांग्रेस पार्टीको मुख्य समस्या पैतालामा होइन टाउकोमा छ ! नेपाली कांग्रेस पार्टीको उज्यालो संभावना छानोमा होइन जगमा छ !! जाल, झेल, षडयन्त्र र प्रपञ्चका तानावाना बुनेर  जमिनमा रहेर भुइँ तहको पार्टी संगठन निर्माण र बिस्तारको लागि डटेका, खटेका र लडेका, नागरिक सग पार्टी संगठनलाई जोड्ने कुमार खड्का र कृष्ण के सी साथै भावना श्रेष्ठको राजनीतिक संभावनालाई निरसंसतापुर्वक सफाया गर्नु, पार्टीबाट निस्कासन गर्नुले अन्तत कसैको भलो गर्दैन कास्की काँग्रेस थप समस्याग्रस्त भइरहने छ थप आघात पुग्ने छ।
नेपाली कांग्रेस पार्टी भित्रको कुमार खड्का र कृष्ण केसी भन्दा नेपाली कांग्रेस बाहिरको कुमार खड्का र कृष्ण के सी पार्टीको लागि महंगो सावित हुनसक्ने सामान्य ज्ञानको किन हेक्का नराखेको हो ? भनिएकाे छ ।
स्वजनलाई मारेर राज्य भोग गर्नु भन्दा भिख मागेर खानु वेश हो। केन्द्रीय अनुशासन समितिले खाटा बसिसकेको घाउ कोट्याएर टार्न नै नसकिने समाधान नै गर्न नसकिने खालको दिर्घकालिन द्वन्द्वमा कास्की काँग्रेसलाई धकेलेको छ। यो निर्णय बाट कार्यकर्ताहरु दयामा बाच्ने प्राणी हुन भन्ने मान्यता नेतृत्वमा विकसित भएको देखिन्छ, त्यसैले नेपाली कांग्रेस केन्द्रिय अनुशासन समिति राजनीतिक प्रतिशोधको बधशालामा रुपान्तरित भएको आम कार्यकर्तालाई महशुस हुन पुगेको छ।
सामाजिक अपिल गर्ने नैतिक पुँजीको ह्रास भएको नेतृत्वबाट पार्टीको १५ औं महाधिवेशन र ०८४ को आम निर्वाचन नजिकिदै गर्दा जनतामा बलियो पकड भएका, ब्यापक संभावना बोकेका नेता कार्यकर्ताको सदस्यता खोसेर गरेको मत्स्य न्याय को प्रति एकताबद्ध भइ डटेर प्रतिवाद, मुकाविला र सामना गर्न संपूर्ण साथीहरूमा अपिल गर्दै, बदनियतपूर्ण निर्णय सच्याउन जोडदार माग गर्दछु।” विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै काँग्रेसका क्रियाशील सदस्य दिपेन्द्र बस्नेतले विकासप्रेमी नेता माथि गरिएको कार्वाही भत्सर्ना योग्य रहेको बताउँनु भएको छ। बस्नेतले सामाजिक सञ्जालमा लेख्दै कार्वाही नै गर्ने हो भने हामीलाई नि गर, हामी कार्वाही भोग्न तयार छौं। उनीहरू माथी अन्याय गर्नेका विरुद्ध हस्ताक्षर कार्य तत्काल सुरु गरी दबाब दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा अन्य नेता कार्यकर्ताले पनि पार्टी निर्णयको विरोध जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1