पोखरा, २० असार । कास्की पोखरा हस्तकला संघले शुक्रबार आफ्नो १५ औं वार्षिकोत्वि मनाएको छ । सो अवसरमा संघले वार्षिक कार्ययोजना र हस्तकलाबाट उत्पादित सामग्रीको वजारिकरणका विषयमा छलफल गरेको छ ।

पोखरा लेकसाईडस्थित रेन्वो हस्तकला उद्योगमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष हीरा घट्टराईले विविध चुनौतीबीचमा स्थापना गरिएको संघ यहाँसम्म आउनु यसप्रतिको लगावले भएको बताईन् ।

उ बेला ९ जना दिदिबहिनीहरु मिलेर संघको गठन गरेका हौं । यो सुरुमा पोखरा हस्तकला संघको नामा रहेको र पछि समग्र कास्कीलाई समेट्ने गरी कास्कीस पोखरा हस्तकला संघ बनाएको बताईन् ।

संघका अहिले हामी ४५ जना भईसकेका छौं । बाह्य सामग्री दबदबा रहेको बजारमा हस्तकलाका सामग्रीको लागि बजारिकरणको समस्या भएपनि यसको प्रवर्धनका लागि नयाँ नयाँ तवरतरिका, गुणस्तर र प्याकेजिङमा जोड दिईन्

संघकी निवर्तमान अध्यक्ष रामकली खड्काले संघ स्थापनाको १५ वर्षसम्म आउनु ठूलो कुरा रहेको बताईन् । यहाँसम्म आउनु हामी महिला उद्यमीहरुले केही गरिरहेका छौं भन्ने प्रमाण हो । अब हामीले कलात्मक व्यवसाय गर्नुपर्छ । व्यापार पनि कला हो । खड्काले भनिन्, बोल्नेको पनि पीठो बिक्छ भन झैं सबै एक भएर जानुपर्ने बताईन् । प्रविधिसंग पनि नजिक हुनुपर्ने बताउँदै उनले आफ्ना उत्पादनहरुलाई ब्रोसरहरुमा राख्ने र वेबसाईटबाट पनि प्रवर्धन गर्नुपर्ने बताईन् ।

चिल्ड्रेन नेपालका निर्देशक डिल्लि प्रसाद शर्माले अब हस्तकला व्यवसायलाई निर्वाहमुखि मात्र नभई व्यावसायिक बनाउन आवश्यक भएको बताए । उत्पादन गरेर मात्रै हुँदैन । नयाँ नयाँ डिजाईहरु आउनु पर्छ । यसका लागि अध्ययन, अवलोकन, भ्रमण र विविध सिकाईबाट यो संभव पनि छ ।

संघकी कोषाध्यक्ष रजनी कोईरालाले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै विभिन्न तालिम र प्रस्तावित कार्यक्रमबारे जानकारी गराईन् । लगत्तै साउनमा धागो, कपडा रंगाउने तालिमको आयोजना गरिने, मैनवत्ती बनाउने तालिम आयोजना गरिने, दीपावलीलाई लक्षित गरेर मैनवत्तीको उत्पादन गरिने, एउटा बिक्री कक्षको व्यवस्था गरिने, स्वीटर बुन्ने तालिमको आयोजना र संघका सदस्यहरुको लागि अन्यत्र जिल्लाहरुमा भएका हस्तकलाका उद्योग र सामग्रीको अध्ययन आवश्यक्ता र व्यापारिक मेलाका संघको उपस्थिति लगायतका विषयहरुको बारेमा जानकारी दिईन् ।

संघकी अध्यक्ष सीता गुरुङले संघका सदस्यहरुले हालसम्म चल्दै आएको सिप विकास र उत्पादनको दायरालाई फराकिलो बनाउन आवश्यक भएको बताईन् । हामी पुरानै ढर्रामा मात्रै चलिरह्यौं भने त्यो निर्वाहका लागि मात्रै हुन्छ । त्यसैले त्यसबाट माथि उठ्नका लागि अब लेवलिङ, गुणस्तर र प्याकेजिङ विशेष ध्यान पुर्याउनुपर्छ ।

अहिलेको जमाना ब्राण्डिङको जमाना हो । उनले भनिन्, एकपटक गुणस्तर, प्याकेजिङ, लेवलिङ र ब्राण्डिङमा ध्यान दियौं भने यसको प्रभाव लामो समयसम्म कायम रहन्छ । अध्यक्ष गुरुङले अझैं पयिन सरकारले हस्तकलाको क्षेत्रलाई राम्ररी समेट्न नसकेको र वजेट भलपानी जसरी बगाएको बताईन् ।

पर्यटकीय क्षेत्रमा हस्तकलाका सामग्रीको महत्व धेरै हुन्छ तर सरकारले हाम्रो आवाज सुनिरहेको छैन उनले भनिन् । सो अवसरमा उनले उत्पादनहरु वतावरणमैत्री हुनुपर्नेमा जोड दिईन् ।

यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई संघकी उपाध्यक्ष गोमा ढकालले स्वागत गरेकी थिईन् भने संचालन सचिव पम्फा थापाले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0