पोखरा, १५ असार । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरिन्।

एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा एकेडेमी प्रति आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यक्ता रहेको योगीको भनाइ रहेको थियो ।

मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दिन दु:खीको सेवामा लागि परेको र दिन दु:खीको सेवामा आफु पनि लागि पर्ने समेत बताइन्। मानवरहित सडक निर्माणका लागि मानव सेवा लागि परेको र त्यसका लागि सम्पूर्ण संघ संस्था र ब्याक्तिहरुले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले मदन भण्डारी स्पोर्टस एकेडेमीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रम छोरेपाटनमा आश्रित आमाहरु र वालवालिकाका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

मदन भण्डारी कम्युनिष्ट आन्दोलनको धरोहर र उहाँको मार्गनिर्देशनमा अगाडी वढ्दै दिन दु:खीको सहयोगमा स्पोर्टस एकेडेमी लागि परेकोमा एकेडेमी प्रति पुनले आभार प्रकट गरे । पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालवालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खाने र बस्ने र उपचारको ब्यवस्था मिलाइएको समेत बताए ।

सो अवसरमा वोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदका गतिविधी संगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।

एकेडेमीका उपाध्यक्ष सुजन आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन एकेडेमीका कोषाध्यक्ष सूर्य मोहन आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0