
पोखरा, १२ असार। पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.विमा अन्तराष्ट्रिय ओलम्पिक दिवस बिबिध कार्यक्रमका साथ मनाईएको छ ।
हरेक वर्ष जुन २३ तारिखका दिन मनाईने ओलम्पिक दिवसलाई लक्षित गरेर विद्यालयले अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाएको हो ।
कार्यक्रमहरुमा प्रा.वि, नि.मा.वि र मा.वि तहमा चित्रकला प्रतियोगिता, ओलम्पिक दिवसको बारेमा निवन्ध लेखन तथा तिनै तह स्तरिय हस्तले खन प्रतियोगिताका साथै बक्तृत्वकला, नाटक प्रदर्शन, हाजिर जबाफ प्रतियोगिता, जुनियर तहमा बिबिध खेलकुद कार्यक्रम आयोजना गरि मनाएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक एबम् नेपाल ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
यस्तै बिद्यालयले उक्त कार्यक्रममा सहभागि र बिजयी भएका बिद्यार्थाीहरुलाई बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्रशासक चित्र गुरुङ, इसिएका तहका अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनाल लगाएत अन्य शिक्षक,शिक्षिकाहरुको सहभागितामा अन्तराष्ट्रिय ओलम्पिक कमिटि द्धारा प्राप्त प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताले बिद्यार्थीमा उत्साह थपेको र अध्ययनमा पनि सहयोग पुग्ने अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले बताए। यस्तै अतिरिक्त कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्राचार्य श्रेष्ठले बताए । माउन्ट अन्नपूर्ण मा.वि गण्डकी प्रदेशमानै निजि स्तरबाट सञ्चालित पहिलो निजि बिद्यालय हो ।























