काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ १ हजार ३ सयले बढेको जनाएको छ । चाँदी मंगलबारकै भाउमा कारोबार भईरहेको छ ।

आज छापावाल सुनमा रुपैयाँ १ हजार ३ सयले बढेर तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेर तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनी चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा नै कारोबार भएकोेको थियो । चाँदीको यो भाउ हालसम्मकै उच्च भाउ हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0