
पाेखरा, २६ जेठ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीले तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष मनोज गुरुङ, उप महासचिव विष्णु गुरुङ, गण्डकी प्रदेश प्रमुख जीत बहादुर गुरुङ, केन्द्रिय सदस्य दिलमाया गुरुङलाई बधाई तथा सम्मान गरेकाे छ ।
परिषदकी कास्की जिल्ला अध्यक्ष सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित उपाध्यक्ष मनोज गुरुङले गुरुङको मौलिक थातथलोको नाम खसकरण हुँदै गएकोले गम्भीर भएर जोगाउनका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।
उप महासचिव विष्णु गुरुङले तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले भाषा आयोगबाट खेमा लिपिलाई मान्यता प्राप्त भई सकेकोले अन्य लिपिलाई पनि समावेस हुनेगरी गण्डकी प्रदेशमा सरकारी कामकाजको गुरुङ र मगर भाषा छिट्टै घोषणा हुने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश प्रमुख जीत बहादुर गुरुङले ११ जिल्ला मध्य ६ जिल्लामा मात्र जिल्ला समिति गठन भएकोमा बाँकी ५ जिल्लामा जिल्ला कार्य समिति गठन गर्ने प्रतिबद्वता व्यक्त गरे । केन्द्रिय सदस्य दिलमाया गुरुङले कास्की जिल्लाको स्तर उन्नतिमा हमेशा साथ दिने र अग्रसर भएर काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इन्द्र बहादुर गुरुङले स्वागत मन्तब्य, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष लक्ष्मी गुरुङ र सचिव आश बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

























