काठमाडौं, २६ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा तलमाथि भएकाे छ ।

यसिदन सुनकाे भाउमा सामान्य गिरावट भएकाे छ । चाँदीकाे भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा रुपैयाँ १०० ले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदीको भाउ बढेको जनाएकाे छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हाे । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0